
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९७ करोड बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ९४ हजार र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट विनियोजन गर्नुभएको हो ।
आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।
आर्थिक वर्ष २०८१–८२ बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५१ करोडले घटेको छ । लुम्बिनी प्रदेशले नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार नै विगतका कार्यक्रमलाई निरन्तरता दिँदै कार्यक्रमलाई विस्तार गर्ने योजनाका साथ बजेट विनियोजन गरेको छ ।
बजेटको प्राथमिकता, सिद्धान्तमा कृषि क्षेत्रलाई जोड दिएको कार्यक्रमलाई बजेटबाट सम्बोधन गर्ने प्रयास भएको छ । किसानको हात प्रदेशको साथ रहेको भन्दै कृषि क्षेत्रका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्