
काठमाडौं । चितवनको कालिका नगरपालिका– ६ खोलेसिमल बजारको एक सुन चाँदी पसलमा चोरी भएको छ ।
शनिबार राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी विनोद सुनारको सुन चाँदी पसलबाट करिब ३ किलो सुन र ३५ किलो चाँदी चोरी भएको प्रहरीले जनाएको छ ।
चोरले नगद दुई लाख रुपैयाँसमेत चोरेको पीडितले बताएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हतियार धारी समूहले
हतियार देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । उक्त समूहले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेको बताइएको छ ।
चोरीमा संलग्न भएको भन्दै प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्