
काठमाडौं । विश्वकप टी–२० क्रिकेटमा अहिले नेपाल र बंगलादेशको खेल जारी छ ।
सेन्ट भिन्सेन्टको किंग्सटाउनमा जारी खेल जित्न नेपालले १०७ रनको लक्ष्य पाएको छ । आज बिहान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको बंगलादेशले १९ ओभर ३ बलमा अलआउट हुँदै १०६ रन जोड्यो । उसका लागि शकिब अल हसनले सवाृधिक १७ रन जोडे ।
बलिङतर्फ नेपालका सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी , रोहित पौडेल र सन्दिप लामिछानेले दुई दुई विकेट लिए । जवाफमा १०७ रनको लक्ष्य पछ्याएर नेपालले आफ्नो व्याटिङ सुरु गरेको छ । दुवै टोलीका लागि आजको खेल समुहको अन्तिम खेल हो ।
अघिल्लो खेलमा दक्षिण अफ्रिकासँग एक रनले हारेको नेपाल सुपर आठमा पुग्ने होडबाट बाहिरिसकेको छ । बंगलादेश भने आजको खेल जितेको खण्डमा सुपर आठमा पुग्नेछ ।
समुहमा चार खेलबाट ८ अंकसहित दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ । बंगलादेशको ४ अंक छ भने नेदरल्याण्ड्सको २ अंक छ । नेपाल र श्रीलंकाको एक एक अंक छ । समुहको अन्तिम खेलमा अहिले नेदरल्याण्ड्स र श्रीलंका पनि भिडिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्