१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राष्ट्रिय सभाको बैठक बस्दै


0
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक मंगलबार दिउँसो १.१५ बजे बस्नेछ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

त्यसैगरि “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।