१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाऔं : सांसद पन्त


169
Shares

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

सांसद पन्तले प्रधानमन्त्रीको मातहतमा प्रति गुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली भुमीभित्र नेपालको विरुद्धमा हुने षड्यन्त्रलाई प्रतिकार गर्ने विषयमा देशले सोच्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयको मातहतमा ल्याउनुपर्ने पनि बताउनुभयो । बैठकमा बोल्दै सांसद पन्तले पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिनसक्ने देशहरुमा राजदुतावासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद पन्तले भारत, चीन र अमेरिकामा क्षमतावान व्यक्तिहरुलाई राजदुत बनाएर पठाउनुपर्ने बताउनुभयो । त्यस्तै जापान र दक्षिण कोरियामा प्राविधिक विषय जानेको व्यक्तिलाई राजदुत बनाउनुपर्ने बताउनुभयो ।