
काठमाडौं । शेयर बजार मंगलबार पनि ओरालो लागेको छ ।
गत सातको अन्तिम कारकोबार दिन बिहीबारदेखि घट्न थालेको बजार लगातार तेस्रो दिन घटेको हो ।
बजार परिसूचक १८ दशमलव ७६ अंक घटेपछि नेप्से २ हजा ७६ को विन्दुमा झरेको छ । मंगलबार कारोबार रकम पनि घटेको भने नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये बैंकिङ्ग उपसमूह सर्वाधिक १ दशमलव १६ प्रतिशतले घटेको छ ।
मंगलबार ३१८ वटा स्टकको ९५ लाख ४४ हजार कित्ता शेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । घटेको बजारमा पनि समाज लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज बरुण हाइड्रोपावरको सर्वाधिक ११ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
त्यस्तै, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १० करोडभन्दा बढीको शेयर खरिदविक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्