
एजेन्सी । गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । इजरायली सेनाले गरेको आक्रमणबाट मारिनेमा अधिकांश बालबालिका रहेका छन् ।
इजरायल सरकारविरुद्ध गाजापट्टीमा हमास र हिजबुल्लाहले प्रदर्शन गर्ने क्रममा इजरायली सेनाले आक्रमण गरेको हो । आक्रमणका क्रममा बालबालिकामा भागदौड मच्चिएको थियो ।
यसैबीच कुपोषणका कारण ३५ सय बालबालिका मृत्युको मुखमा पुगेको हमासले दाबी गरेको छ । खाद्यान्न, खानेपानी र भोकमरीका कारण सयौं बालबालिका पछिल्लो समय कुपोषणको शिकार बनेका छन् ।
यता, रफाहमा भएको आक्रमणमा सहायता ट्रकको पर्खाइमा रहेका ९ जना प्यालेस्टाइनी पनि मारिएका छन् । इजरायल र हमासबीच भइरहेको युद्धको विरोधमा विश्वका विभिन्न शहरमा प्रदर्शन जारी छ ।
इजरायलले प्यालेस्टाइनमाथि ज्यादती गरेको भन्दै जेरुसेलममा भएको प्रदर्शनका क्रममा ८ जनालाई पक्राउ गरिएको छ । प्रधानमन्त्री नेतान्याहुको घर बाहिर सरकार विरोधी प्रदर्शन गरेकाहरुलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्