
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले सहकारी ऐनमा संशोधनको तयारी भइरहेको जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री दाहालले सहकारी नीतिको परिमार्जित मस्यौदा तयार भएको पनि बताउनुभयो । उहाँले सहकारीको अनुगमनका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रयोजनका लागि छुट्टै कानूनी व्यवस्था गर्ने प्रक्रिया अगाडी बढाइएको बताउनुभयो । उहाँले ठूलो कारोबार गर्ने सहकारीहरुलाई नियमन र सुपरीवेक्षण गर्न प्राधिकरण गठनका लागि कानून मस्यौदा भइरहेको पनि उहाँको भनाई छ ।
प्रधानमन्त्री दाहालले ७७ करोड २४ लाख ४६ हजार ४५८ वचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको पनि जानकारी गराउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले सहकारी क्षेत्रमा अल्पकालिन र दीर्घकालिन सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्