
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरुलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।
बिहीबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले यस्तो आग्रह गर्नुभएको हो ।
मन्त्री अर्यालले विकासका कुराहरुमा राजनीति नगरिदिए विकासका कुरामा देश धेरै अघि बढ्ने बताउनुभयो । उहाँले विकासका कुरा राजनीतिक दल एकछिन बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने नागरिकले सुख पाउने जिकिर गर्नुभयो ।
मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषका बारेमा प्रचार प्रसार गर्न नसकिएको बताउनुभयो । उहाँले सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रालाई जबरजस्ती गर्नेकुरा सही नभएको बताउनुभयो ।
मन्त्री अर्यालले संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएकोबारे सरकार गम्भीर रहेको र कर्मचारीहरुका माग सम्बोधन हुनुपर्ने बताउनुभयो । उहाँले आन्दोलन गरेपछि मात्रै वार्ता समिति बनाउने कुरा राम्रो नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्