२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौं : लेखक


247
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताउनुभएको छ ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसक्नुभएको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको प्रमाणित हुने बताउनुभयो ।

प्रमुख सचेतक लेखकले बजेटमा गैरजिम्मेवारीपूर्ण विनियोजन देखापरेको भन्दै परिमार्जन गर्नुपर्ने बताउनुभयो ।