
काठमाडौं । फेवाताल अतिक्रमणको जग्गा खाली गर्ने फैसला कार्यान्वयन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदातलतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार चुडालको इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
सर्वोच्चले यसअघि गरेका दुई वटा फैसला कार्यान्वयन गर्न अन्तरिम आदेश जारी नगरेपछि अब यस अघिका फैसला कार्यान्वयन गरी अतिक्रमण खाली गर्ने बाटो खुलेको छ । सर्वोच्चबाट यसअघि भएका दुईवटा फैसला बदर गराउन माग गर्दै बुधराज भुजेलसहित २२ जनाले रिट दर्ता गरेका थिए ।
२०८१ बैशाख २१ गते दायर रिटमा बैशाख २३ गते सर्वोच्चको एकल इजलासबाट अन्तरिम आदेशका लागि छलफलमा बोलाउँदै कारण देखाऊ आदेश जारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्