२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


साउदीको मक्कामा मृत्यु हुने हजयात्री हजार नाघे


2.782k
Shares

एजेन्सी । साउदी अरेबियाको मक्कामा अत्यधिक तापक्रमका कारण मृत्यु हुने हज यात्रीको संख्या ११ सय नजिक पुगेको छ ।

तापक्रम ५० डिग्री सेल्सियस पुग्दा अत्यधिक तातोका कारण मृत्यु हुने हुनेको संख्या आजसम्म एक हजार ८१ पुगेको साउदीका अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा ६५८ जना इजिप्टका नागरिक छन् भने १६५ जना इण्डोनेसियाका रहेका छन् ।

यस्तै भारत, जोर्डन, ट्युनिसिया, इरान र फिलिपिनोहरुको पनि मृत्यु भएको जनाइएको छ । मक्कामा हराउनेको संख्या एक हजार ४ रहेको र यो बढ्ने क्रममा रहेको अधिकारीहरुले जनाएका छन् ।

साउदी सरकारले भने अहिलेसम्म मृतको यकिन संख्या बताउन नसकिने भनेको छ । हजको मूख्य दिन गत मंगलबार मक्काको तापक्रम ५१ दशमलव ६ डिग्री मापन गरिएको थियो ।