
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने जनाइएको छ ।
त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीति र बजेट लगायतका विषयमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्