९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


योगलाई धर्म र जातमा सिमित गर्नु हुँदैन : अध्यक्ष ओली


52
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सिमित गर्नु नहुने बताउनुभएको छ ।

शुक्रबार १० औं विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले योग नेपाल भूमिबाट नै सुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भुगोल र राजनीतिक विचार धारामा सिमित नहुने बताउनुभयो । उहाँले योगलाई मानव जातिको कल्याणका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताउनुभयो । योग भनेको अनुशासित र पवित्र जीवन रहेको बताउनुभयो । उहाँले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गर्नुभयो ।