
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धि विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताउनुभएको छ ।
शुक्रबार मन्त्रालयको सय दिनको कामको जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जोशीले सो प्रतिवद्धता दोहो¥याउनुभएको हो ।
यो वर्षे अधिवेशनमा सो विधेयक पारित गराउन कुनैपनि हालतमा मन्त्रालय प्रतिवद्ध रहेको मन्त्री जोशीको भनाई थियो । उहाँले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसदबाट पारित हुन नसकेको स्पष्टिकरण पनि दिनुभयो ।
मन्त्री जोशीले सो विधेयकलाई टुंगो लगाउन सरकारले सराकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताउनुभयो । उहाँले सबै सरोकारवालाहरुसँगको परामर्शमा जो विधेयकलाई टुंगो लगाउन आफूहरु लागि परेको बताउनुभयो ।
मन्त्री जोशीले संघीयता कार्यान्वयनमा कमी भएको स्वीकार समेत गर्नुभयो । उहाँले सरकारले संघीयता कार्यान्वयनको विषयमा जोड दिएर अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्