२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपालमा कसैले नल्याएको नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउँदैछौं : अध्यक्ष नेपाल


234
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले महाधिवेशनबाट पहिलो पटक नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने बताउनुभएको छ ।

नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले नेपालमा यसअघि कुनैपनि पार्टीले अगाडि नसारेको नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउन लागेको जिकिर गर्नुभयो । उहाँले नेकपा (एकीकृत समाजवादी) सबै क्षेत्रमा अग्र पंक्तिमा उभिन चाहने पार्टी रहेको बताउनुभयो । उहाँले पार्टीलाई सबै क्षेत्रमा अग्रपंक्तिमा उभ्याउन सबैको साथ र सहयोग चाहिएको बताउनुभयो ।

अध्यक्ष नेपालले कुनै न कुनै गतिविधिबाट नै कुनैपनि पार्टीले आफ्नो सक्रियता देखाउनसक्ने बताउनुभयो ।