५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छ : उपाध्यक्ष सापकोटा


1.118k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष सापकोटाले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ वृहत वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको जिकिर गर्नुभयो ।

उपाध्यक्ष सापकोटाले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली जनता वामपन्थीहरुलाई मन पराउने मात्रै नभइ फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहनुभएका सापकोटाले समाजवाद भनेको गरिबी नभइ सबैका लागि समृद्धि भएको बताउनुभयो ।