२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कैलालीमा ट्रेक्टर दुर्घटना हुँदा चालकको मृत्यु


143
Shares

काठमाडौं । कैलालीमा ट्रेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारमा शनिबार राति भे १ त ८७३५ नं. को ट्रेक्टर अनियन्त्रित भएर नालामा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ट्रेक्टरका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–२ निवासी २१ वर्षीय शेरबहादुर नेपाली र २० वर्षीय दिलबहादुर नेपालीलाई राति नै उपचारका लागि लालरत्न अस्पताल लम्की पु¥याइएको थियो ।

लालरत्न अस्पतालमा चालक शेरबहादुरको उपचार सम्भव नभएपछि रातिनै टीकापुर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।