२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


राष्ट्रियसभा बैठक आज बस्दै


39
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्ने भएको छ ।

बैठक आइतबार दिउँसो १.१५ बजे संसद् भवन बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।