२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


टर्कीमा जंगलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ११ पुग्यो


169
Shares

एजेन्सी । दक्षिणपूर्वी टर्कीमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनुभएको छ ।

मन्त्रीले अन्य ७८ जना आगोबाट प्रभावित भएको बताउनु भयो । जसमा पाँच जना बिरामी अझै सघन हेरचाहमा रहेको बताइएको छ ।

बिहीवार रातिबाट लागेको आगो दियारबाकिर प्रान्तको सिनार जिल्ला र मार्डिन प्रान्तको माजिदागी जिल्लामा फैलिएको छ । हावाको कारण आगोले द्रुत गतिमा ठूलो क्षेत्रलाई प्रभावित बनाएको बताइएको छ ।