
काठमाडौं । आइतबार राति वर्षासँगै आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ ।
मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
२०७८ मा आएको बाढीले पुल बगाएपछि त्यस ठाउँमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई त्यस अस्थायी पुलले जोडेको थियो ।
पुल बगाउँदा वडाभित्र कै एक गाउँबाट अर्को गाउँ जान समस्या भएको छ । वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको बताउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने मेलम्ची नगरपालिकाका प्रमुख तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्