
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछन् ।
असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था अनुसार ७ सय ५३ पालिकामध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ ।
आइतबार (हिजो)सम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेशका ६, बागमतीका ६, गण्डकी प्रदेशका १४, लुम्बिनीका ३, सुदूरपश्चिम प्रदेशका तीन तथा कर्णाली प्रदेशको १ स्थानीय तहले बजेट पेस गरेका छन् । आज बाँकी सात सय १५ स्थानीय तहले बजेट पेस गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्