१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आजदेखि मेलम्ची खानेपानी आयोजना बन्द हुने


819
Shares

काठमाडौं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार मेलम्ची खानेपानी विकास समितिले आजदेखि बन्द गर्न भएको छ । मेलम्ची नदीमा बाढी आएर पानी धमिलो हुन थालेपछि आयोजना बन्द गर्न लागिएको जनाइएको छ ।

मेलम्ची नदीमा बाढीसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचनालाई सुरक्षित गर्न आजैदेखि बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

यसअघि गत जेठ ३१ गते नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भनिए पनि ठूलो वर्षा नभएकाले पानी बन्द गरिएको थिएन ।
त्यस्तै गत शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरे पनि नदीमा पानीको बहाव नबढेकाले आयोजना सञ्चालन गरिएको थियो ।

निर्देशक लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली विकास बैङ्क ९एडिबी० ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन् । समितिले मनसुन अवधिमा विपत्तिको जोखिम कम भए मात्रै मेलम्चीको पानी पठाउन पुनःसुरु गर्ने तयारी गरेको छ ।

वर्षाबाट आयोजनाको हेडवक्र्समा क्षति नपुगोस् भनेर सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ ।