७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सांसद पौडेलको प्रश्न – देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ?


182
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ की अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो ।

सांसद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुले आफूले भनेको नमानेको कुरा बताउनुभएको उल्लेख गर्दै प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने ? भन्ने उहाँको अर्को प्रश्न थियो । उहाँले सरकार अराजकतातिर गइरहेको बताउनुभयो । उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विदेशीलाई सूचना बेच्ने व्यक्ति संसदा रहेको अभिव्यक्ति दिनुभएको र रक्षामन्त्री हरि उप्रेतीले आईतवार सांसदका प्रश्नको जवाफ दिने क्रममा दिनुभएको अभिव्यक्ति पदीय मर्यादाअनुरुप नरहेको जिकिर गर्नुभयो ।

सांसद पौडेलले मन्त्रीहरुले आफ्नै क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको बताउनुभयो ।