१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गरियोस् : सांसद कंशाकार


143
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्द्यवासिनी कंशाकारले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई उचित व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद कंशाकारले यस्तो बताउनुभएको हो ।

सांसद कंशाकारले नेपालमा अहिले पनि १० लाख ८१ हजार बालबालिका श्रममा छन् । त्यसमध्ये २ लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको बताउनुभयो । उहाँले त्यसमध्ये २ लाख २२ हजार बालबालिका जोखिममुक्त अवस्थामा श्रम गर्न बाध्य रहेको बताउनुभयो ।

सांसद कंशाकारले बालश्रम रोक्न स्थानीय तहको भुमिका निकै महत्वपूर्ण भएपनि स्थानीय तहहरुले चासो नदेखाएको बताउनुभयो । उहाँँले बालश्रमबाट उद्धार गरिएका बालबालिकालाई भोलिका दिनमा फेरि काममा फर्किने अवस्था आउन नदिन बालबालिकाको लागि उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सांसद कंशाकारले बालबालिकालाई शिक्षा, स्वास्थ्य मनोरञ्जन, पोषणयुक्त खानासहितको बालबालिकाको अधिकारको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।