२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025

शेयर बजारमा झिनो अंकको वृद्धि


52
Shares

काठमाडौं । शेयर बजारमा सोमबार झिनो अंकको सुधार आएको छ ।

दिनभरको उतार बढावबीच बजार परिसूचक नेप्से ३ दशमलव २१ अंक बढेर २ हजार ६६ विन्दुमा पुगेको हो ।

सोमाबार कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा ह्वात्तै बढेको छ । सोमबार ३२२ स्टकको एक करोड सात लाख सात हजार कित्ता शेयर ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ वटा उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूह सर्वाधिक २ दशमलव ११ प्रतिशत बढ्दा विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन् । जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेका छन् । तर बैंकिङ्ग, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक भने घटेका छन् ।

सोमबार नेपाल फाइनान्स र गणपति लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । तर बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ७ दशमलव ०१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज माइक्रो फाइनान्सको सर्वाधिक २४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १८ करोड बढीको शेयर कारोबार भएको छ ।