
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यातको लागि सरकारले पहल गरिरहेको छ ।
सोमबार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषय राष्ट्रिय सम्मेलनमा बोल्दै कृषिमन्त्री साहले यस्तो बताउनुभएको हो ।
कृषिमन्त्री साहले विश्व बजारमा नेपाली अलैंचीको माग बढ्दै गएकाले जीटुजीमार्फत निर्यात गर्ने गरी समन्वय र छलफल भइरहेको बताउनुभयो । उहाँले अलैंची विश्व बजारमा निर्यातको लागि नीतिगत रुपमा सहजिकरण गर्नको लागि पुराना कानूनलाई संशोधन गर्ने तयारमा सरकार रहेको बताउनुभयो ।
मन्त्री साहले अलैंची निर्यातको लागि नीतिगत र राजश्वको विषयलाई नीतिगत रुपमा सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कृषिमा बैंकको कर्जा र सरकारले लिने अनुदान कृषि गर्न चाहने किसानहरुको हातमा पुग्न नसकेको स्वीकार गर्नुभयो । उहाँले कृषिमा राम्रो काम गर्नेहरु पुँजीको अभावजमा काम गरिरहने तर काम गर्न नचाहने काम चोरहरु फाइल लिएर हिडेकाहरु अनुदान लिएर दुरुपयोग गरेको बताउनुभयो ।
कृषिमन्त्री साहले समृद्धि मुलुक बनाउने र जनतालाई सुखी बनाउने सपना लिएर हिँडे पनि यस्त विकृतिबाट देश समृद्ध हुन नसक्ने बताउनुभयो । उहाँले सरकारले अब यस्ता विकृति र गलत काम गर्नेको पहिचान गरी कारबाही गर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा रहेको विकृती मन्त्री एकलैले हटाउन सक्ने भन्दै सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री कृषि परियोजनामार्फत सुपर जोनको हिसाबले अलैँची खेतीलाई बढावा दिएर निर्यातमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।
कृषिमन्त्री साहले कृषि मन्त्रालयलाई दोस्रो प्राथमिकताका साथ बजेट तर्जुमा गर्नुपर्ने भएपनि सबैभन्दा कम गरिएको गुनासोल बताउनुभयो । उहाँले सबैभन्दा महत्वपूर्ण मन्त्रालय हुँदाहुँदै पनि बजेटको अभाव रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्