
गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनिसक्दासमेत नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै सांसद पन्तले असन्तुष्टि जनाउनुभएको हो ।
सांसद पन्तले त्यत्रो इच्छाशक्ति बोकेको प्रधानमन्त्री पुष्पकमल दाहाललाई अभियोग यस्तो लाग्यो राजीनामा दिनुस्, क्लिन चिट पाएपछि तपाईंलाई नै प्रधानमन्त्री बनाउँछु भन्न केले रोक्यो भन्दै प्रश्न गर्नुभयो । उहाँले छानबिनका लागि प्रक्रियामा गएको व्यक्तिलाई संरक्षण गरेर देशमा कस्तो सन्देश दिन खोज्नुभएको भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाल सत्तामा बढी केन्द्रित भएको आरोप लगाउनुभयो ।
सांसद पन्तले सत्ता ठूलो की मुलुक भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्