
काठमाडौँ । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्दैछ ।
बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनु हुनेछ ।
सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ अन्तर्गत निम्नलिखित मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमा निम्नलिखित माननीय सदस्यहरुबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
त्यस्तै अर्थ मन्त्री वर्षमान पुनले ’विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले ’आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस’, ’राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस’ र ’भन्सार महसुल सम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्