
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रश्तुत गरेको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामुलक रहेको बताउनुभएको छ ।
मंगलाबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तिब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले सोही अनुरुप श्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली, मधेश, सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रुपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशगत विनियोजनको तथ्यांक हेर्दा कर्णाली मधेश प्रदेशलगायतका भौगौलिक क्षेत्रहरूमा तुलनात्मकरुपमा पर्याप्त बजेट विनियोजन रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले बजेट बाँडफाँडका विषयमा प्रतिनिधि सभा सदस्यहरुले चासोका साथ उठाउनुभएका महत्वपूर्ण विषयहरूमा सरकारले आगामी दिनमा थप संवेदनशील भएर काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्