
काठमाडौं । विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्