
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले आन्तरिक वा वाह्य ऋण लिएर उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयक माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पुनले सरकारले उठाउने आन्तरिक तथा वाह्य ऋण उठाएरेर घ्यु खाने भन्दा पनि उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गरिने बताउनुभयो । उहाँले सरकारले ऋण काडेर घ्यु खाने भन्दा पनि ऋण काडेर पुँजीगत अर्थात विकास खर्च वृद्धि गर्ने खाजेको भन्न सान्र्दभिक ठानेको बताउनुभयो ।
अर्थमन्त्री पुनले सरकारले चालु आर्थिक वर्षको भन्दा २.५ प्रतिशत पुँजीगत खर्चमा वृद्धि गरेको बताउनुभयो । उहाँले पछिल्लो दशकमा मुलुकको ऋणको मात्रा बढ्दै गएको बताउनुभयो । उहाँले एक दशकअघि २५ प्रतिशत तल रहेको ऋण अहिले ४२ प्रतिशतको रेसियोमा पुगेको भन्दै आगामी ववर्ष जिडिपीको तुलनामा २ प्रतिशत घटाएर ४० प्रतिशतमा ल्याउने लक्ष्य रहेको बताउनुभयो ।
अर्थमन्त्री पुनले ३३० अर्बको आन्तरिक ऋण लिने लक्ष्य राखिएको बताउनुभयो । उहाँले गत वर्ष २२० अर्ब भन्दा ९० अर्बको फरक रहेको भन्दै विगतका ऋण अहिलेको सरकारले तिर्नुपर्ने दायित्व पनि वृद्धि भएको बताउनुभयो । उहाँले आगामी वर्ष सरकारले १०६ अर्बको नयाँ ऋण दायित्व वा सावा तथा ऋण भुक्तानी बढेको पनि बताउनु भयो । उहाँले सरकार ऋण उठाउने विषयमा सकेसम्म सम्मेमित हुने र आन्तरिक ऋण तथा अन्य समग्र ऋणको दायित्व पनि कम गर्ने कोशिस गरिरहेको बताउनुभयो ।
अर्थमन्त्री पुनले २.५ प्रतिशत पुँजीगत खर्च चालु वर्षमा भन्दा वृद्धि गरी खर्च गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा पठाउनेमा पनि चालु वर्ष भन्दा आगामी वर्ष वृद्धि गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्