२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक : अध्यक्ष नेपाल


91
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले आफूहरु समाजलाई रुपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताउनुभयो । नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउन आवश्यक रहेको पनि बताउनुभयो । अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा आफूहरुले बिद्रोहको ज्वाला दन्काएको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिका विरुद्धमा बिद्रोहको ज्वाला दन्काएको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भुमिकाप्रति गौरववोध गर्नुपर्ने बताउनुभयो ।