
काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् ।
क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरो गएर तीनवटा घर बगाएको र चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको जनाइएको छ ।
आज बिहान पहिरोले घर बगाएको जानकारी पाउनासाथ सुरक्षाकर्मीको टोली घटनास्थल गएको प्रहरीले जनाएको छ । उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल तर्फ गएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्