
ओखलढुंगा । ओखलढुंगामा मंगलबार राति पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ ।
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ शेर्नाको थुम्कीमा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा ३५ वर्षीय देवकुमारी खत्रीको मृत्यु भएको हो ।
पहिरोमा परेर एकै परिवारका अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका छन् । उनीहरुलाई सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
उद्दारमा संलग्न छिमेकी यदु बाँस्तोलाका अनुसार पहिरोले घर तथा गोठ ४ सय मिटर तल बगाएको छ ।
प्रतिक्रिया दिनुहोस्