१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चट्याङ लागेर धनगढीमा ३ बालिका गम्भीर घाइते


520
Shares

काठमाडौं । कैलालीमा आज बिहान विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिकाहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको बताइएको छ ।

गम्भीर घाइते बालिकाहरुलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा थप उपचारका लागि धनगढी लगिने जनाइएको छ ।