१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु


1.352k
Shares

काठमाडौं । कपिलवस्तुमा चट्याङ लागेर आज बिहान दुईजनाको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षीय महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बिहान खेतमा काम गरिरहेका बेला चट्याङ लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।