६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुलीको कमलामाई मन्दिरमा आश्रित परेवा जोखिममा


1.014k
Shares

सिन्धुली । लगातारको वर्षाका कारण चारो खान नपाएपछि सिन्धुलीको कमलामाई मन्दिरमा आश्रय लिएर बसेका एक हजारभन्दा बढी परेवा जोखिममा परेका छन् ।

कमला र गौमती नदीको् संगमस्थल तथा जंगलको बीचमा कमलामाई मन्दिर रहेका कारण मन्दिरको आश्रयमा बसेका परेवाहरुलाई चारो खोज्न वर्षाले नदिएकाले चारोको अभाव भएको हो ।

लगातारको वर्षाका कारणले खेतवारीमा उडेर जाने स्थान समेत नभएको र फूल पार्ने र बच्चा कोरल्ने समयमा चारोको अभाव हुन थालेको छ ।

कमलामाई मन्दिरमा भक्तजनहरुले भाकल बुझाएर उडाएका परेवाहरुलाई कमलामाई मन्दिर व्यवस्थापन समिति र कुनै दाताहरुले चारोको व्यवस्था गरेका छैनन ।

हिउँदमा दर्शन गर्न आउने दर्शनार्थीहरुले फूलपाती र प्रसादीका सर समानहरुसँगै परेवाहरुका लागि समेत चारोका सरसामानहरु लिएर आउने गर्दथे तर वर्षायाममा दर्शनाथीहरुको संख्यामा कमी आएकाले परेवाहरुको जीवन रक्षामा समस्या परेको हो ।

कमलामाई मन्दिर व्यवस्थापन समितिले परेवाको चारो गहु, तोरी लगायतका सामाग्रीहरुको व्यवस्था गर्न नसक्दा मन्दिरको आश्रयमा रहेका एक हजारभन्दा बढीको संख्यामा रहेका परेवालाई चारोको अभाव हुन थालेको हो ।