
काठमाडौं । पछिल्लो तीन दिन स्थिरजसो रहेको सुनको मूल्यमा बुधबार सामान्य कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बुधबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर १ लाख ४१ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार १ लाख ४२ हजार ३ सयमा स्थिर रहेको थियो । यसदिन चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेर १७ सय ९० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २३ सय २५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्