
काठमाडौं । पछिल्ला दुई दिन सामान्य अंकले सकारात्मक रहेको शेयर बजार बुधबार पुनः दोहोरो अंकले ओरालो लाग्यो ।
उतारचढावबीच बजार परिसूचक नेप्से ११ अंकले ओरालो लागेर २ हजार ६० मा आएर थामियो ।
कारोबार थप खुम्चिएर ४ अर्बमा सीमित रह्यो । यसदिन वित्त, व्यापार र सामूहिक लगानी कोष सामान्य अंकले हरियो रहे बाहेक बाँकी समूह ओरालो लागे । विकास बैंक समूह १ प्रतिशत बढीले ओरालो लाग्दा बाँकी सामान्य दरले ओरालो लागेका हुन् ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ५ कम्पनीको ८७ लाख कित्ता शेयर ४ अर्ब ५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । घटेको बजारमा पनि नेपाल फाइनान्सका लगानीकर्ताले १० प्रतिशत बराबर कमाए । साढें १६ करोडको कारोबार सहित कारोबारमा पनि नेपाल फाइनानस अग्रस्थानमा रह्यो ।
प्रतिक्रिया दिनुहोस्