१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकीकृत समाजवादीेको सचिवालय बैठक बस्दै


247
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीेको आज सचिवालय बैठक बस्दैछ ।

आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सागठनिक दस्तावेजको टुङ्गो लगाउने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने बताइएको छ ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन हुने भएको छ ।

महाधिवेशनका लागि पार्टीले देशभरबाट एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरेको छ । प्रतिनिधिको कूल संख्याको पाँच प्रतिशत अर्थात् ९५ जना मनोनयन गर्ने व्यवस्था रहेको छ भने ती प्रतिनिधि केही दिनमै मनोनयन गरिने जनाइएको छ ।