१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बोलिभियामा कू प्रयास असफल


598
Shares

एजेन्सी । दक्षिण अमेरिकी मुलुक बोलिभियामा प्रहरीले ‘कू’को प्रयास गर्ने नेताहरुलाई पक्राउ गरेको छ । राजधानी ला पाजस्थित
राष्ट्रपति भवनमा पूर्वसेना प्रमुखको नेतृत्वमा सेनाले घेराउ गरेको केही घण्टापछि त्यसको नेतृत्व गरिरहेका नेताहरुलाई
प्रहरीले पक्राउ गरेको हो ।

हतियारसहितका गाडी र सेनासमेत चोक–चोकमा तयारी अवस्थामा राखिएको थियो । सरकारका मुख्य कार्यालयहरू भएको ठाउँमा प्रहरी परिचालन गरिएको थियो । विद्रोही सैनिक मिलिटरी इन्चार्ज जनरल जुआन जोस जुनिगाल अहिले पक्राउ परेका छन् । उन्ले आफूले प्रजातन्त्रको पुनसंरचना गर्न चाहेको बताउँदै आएका थिए ।

राष्ट्रपति लुइस आर्कले कू को प्रयासको भर्तस्ना गर्नुभएको छ । बोलिभियन जनजीवनलाई कू हुनका लागि अनुमति दिन नसक्ने उहाँले टेलिभिजनमार्फत बताउनु भएको छ । उहाँले राष्ट्रपति भवनभित्रैबाट टेलिभिजन सन्देश दिनुभएको थियो । उहाँले एक दिनअघि मात्रै जुनिगालाई सेना प्रमुखबाट हटाउनुभएको थियो । बोलिभियामा भएको ‘कू’ को प्रयासलाई छिमेकीदेखि समग्र अन्तराष्ट्रिय निकायले निन्दा गरेका छन् ।