
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो ।
सांसद कार्कीले विभिन्न समयमा स्वास्थ्यकर्मीहरुमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरु माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान शुरु गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै, प्रतिनिधि सभाको विशेष समयमै बोल्दै नेकपा(एमाले)का सांसद अच्युतप्रसाद मैनालीले देशभरका २५९ पालिकाहरुमा प्रमुख प्रकाशकिय अधिकृत नखटिँदा त्यहाँको सेवा प्रवाहमा समस्या भइरहेको बताउनुभयो । उहाँले कनिष्ठ कर्मचारीलाई निमित्त दिएर पठाउँदा स्थानीय सरकारमा बेथिति भइरहेको बताउनुभयो ।
सांसद कार्कीले स्थानीय सरकारहरु आर्थिक अनुशासनमा बस्न नसकेका बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्