
काठमाडौं । प्रतिनिधि सभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार(भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्