१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रतिनिधिसभाको बैठक बस्दै


130
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ छलफलका लागि पेस गर्नुहुनेछ भने विधेयकमाथिको छलफलपछि पारितका लागि आजै प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।