१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पहिरोले कर्णाली राजमार्गका विभिन्न ठाउँ अवरुद्ध


260
Shares

काठमाडौं । कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राजमार्गको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो ।

पालेतडा–पादुका खोला बीचको खण्डको पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले बताउनुभयो । उहाँले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिनुभयो ।

यस्तै मध्यपहाडी राजमार्गको रुकुमखण्ड पनि अवरुद्ध भएको छ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार बेलुका पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।