८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पुनः वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ : प्रधानमन्त्री दाहाल


832
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको बताउनुभयो । उहाँले क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरुको पनि र जनतालाई निराश हुन नदिने गरी सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘क्रान्ति र परिवर्तनलाई यी उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यतिबेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशील शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु । अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्यबारे, जनतामा देखापरेको मनोविज्ञानबारे हामी सबैले नै जिम्मेवारी महशुस गर्नुपर्ने हुन्छ ।’

प्रधानमन्त्री दाहालले कम्युनिष्ट र सबै लोकतान्त्रिक शक्तिहरु एकतावद्ध भइ नकारात्मक भाष्य चिर्न लाग्नुपर्ने बताउनुभयो ।