
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले स्वास्थ्यका कारण काम गर्न नसक्ने अवस्थामा पुगेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाको सबै वडामा रहेका ६० वर्ष पुगी अवकास भएका र स्वास्थ्यका कारण काम गर्न नसक्ने स्वयमसेविकाहरुलाई सम्मान गरेको हो ।
पालिकाले अवकास भएका २ जनालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो ।
वडा नं ३ का सावित्रा दाहाल र गायत्रीदेवी ढुङगेललाई सम्मान गरिएको हो । यस्तै वडा नं १ का इन्द्रकुुमारी सुवेदी, मुनादेवी थापा र वडा ४ का भिमकुमारी भुजेललाई सरकारबाट प्राप्त २० हजार रुपैयाँसहित सम्मान गरियो ।
यस्तै अन्य ३६ जना महिला स्वयंमसेविकाहरुलाई प्रदेश सरकारबाट प्राप्त प्रोत्साहन वापतको पाँच हजार रुपैयाँ प्रदान गरियो । यसैगरी गर्भवती पोषण कार्यक्रम अन्तरगत पालिकाका गर्भवति महिलाहरुलाई एकमुष्ठ ९ हजार रुपैयाँ पनि प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्