
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प आपूmहरुले लिएको बताउनुभएको छ ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको बताउनुभएको हो ।
अध्यक्ष नेपालले महाधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेको पनि बताउनुभयो । उहाँले कम खर्चमा पार्टीको महाधिवेशन सम्पन्न गर्ने पनि बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसर दावी भएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई जोगाएर अघि बढ्ने बताउनुभयो ।
अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा कुराकानी छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वभाविक भएको बताउनुभयो । उहाँले गुटबन्दी पार्टीमा नहोस भन्ने कुरामा आफूहरु सचेत रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्