
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले किसानालाई मलको अभाव हुन नदिने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसर पारेर शनिबार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै प्रधानमन्त्री दाहालले यस वर्ष पनि मलको आवश्यक व्यवस्था हुने बताउनुभयो । उहाँले वितरण प्रणालीमा समस्या हुँदा मलको अभाव भएजस्तो देखिएको उल्लेख गर्दै अब त्यस्तो समस्या पनि आउन नदिने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले खेतीबालीका लागि आवश्यक बीउविजनको व्यवस्था गर्न पनि सरकार लागि परेको बताउनुभयो । उहाँले चितवनको खेतीबालीको लागि आवश्यक सिंचाईको व्यवस्था गर्न त्रिशुली नदीको पानी टनेल खनेर शक्तिखोर पु¥याउने विषयमा पनि सरकारले छलफल सुरु गरेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारले खेतीवालीका लागि सिँचाईको अभाव हुन नदिने काममा विशेष ध्यान दिएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्